२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संकल्पयात्रामार्फत एमालेले उठाएका विषय आगामी बजेटमा समावेश गर्छौं: प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले उठाएका महत्त्वपूर्ण सुझाव कार्यान्वयन गर्ने बताउनुभएको छ

आइतबार एमाले सांसद कृष्णगोपाल श्रेष्ठले आफ्नो पार्टीले मध्य पहाडी राजमार्ग संकल्पयात्रामार्फत बुझाएका सुझाव कार्यान्वयनको अवस्था के भइरहेको छ भनेर गरेको प्रश्नमा प्रधानमन्त्रीले सुझावलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभएको हो ।

प्रधानमन्त्रीले त्यस क्षेत्रको विकासमा निर्माणमा आफ्नो समेत चासो रहेको बताउदै भन्नुभयो,‘झुलाघाट–चिवाभञ्ज्याङ मध्य पहाडी राजमार्ग म आफैले रेखाङ्कन गरेको हो । त्यसैले यसमा म पनि कहीँ न कहीँ जोडिएको छु’ ।

उहाँले त्यस क्षेत्रमा १० वटा नयाँ शहरसहित दुई वटा शहर निर्माणको क्रम जारी गरेको र प्रतिवेदनमा उठाएका महत्त्वपूर्ण विषय कार्यान्वयनका लागि सरोकारवाला निकायसँग छलफल भईरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मुख्यसचिवसहित सचिवहरूसँग गहन छलफल भएको छ । समन्वयका लागि एमाले नेता विष्णु पौडेलसँग पनि अलग्गै छलफल भइरहेको छ । सरकार यो विषयमा गम्भीर छ । उल्लेख्य सुझाव आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिन्छ ।’