२४ जेष्ठ २०८३, आईतवार
,
Latest
बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

वनभोज गएका नगरप्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु



अ+ अ-

मन्थली (रामेछाप): रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले बताउनुभयो ।

रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए । खाना खाने क्रममा सर्केपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो ।

खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो । पर्याप्त उपचार सेवाको अभावमा सिकिस्त भएका श्रेष्ठलााई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उहाँको मृत्यु भएको हो । सो घटनापछि रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समीर कार्की पनि बेहोस हुनुभएको थियो । उहाँको भने जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । हाल उहाँको अवस्था सामान्य छ ।रासस