२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा सहायक हवल्दारले गरे पत्निको हत्या, पेस्तोल दिने हवल्दार निलम्बित



अ+ अ-

काठमाडौँ । दाङमा पत्निको हत्या गरेका प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीलाई पेस्तोल दिने हवल्दार निलम्बित भएका छन् ।

यमबहादुरले बिहिबार साँझ घोराहीस्थित दामोदर चोकमा ड्युटीमा खटिएकी पत्नि प्रहरी जवान धनमाया थापालाई  गोली प्रहार गरि हत्या गरेका थिए ।  धनमायालाई उनले ३ राउण्ड गोली प्रहार गरेका थिए ।

धनमायाले अदालतमा सम्बन्ध बिच्छेद गरिपाऊँ भनेर ‘फिराद पत्र’ दर्ता गरेपछि यमबहादुरले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । उनले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको पाईएको छ ।

यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनले जिन्सी शाखाका हवल्दार विमल थापासग पेस्तोल लगेका थिए । नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि हवल्दार थापालाई निलम्बन गरिएको छ । प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले उनलाई निलम्बन गरेका हुन् ।

यसबारे थप अनुसन्धान भईरहेको छ ।