१० मंसिर २०८१, सोमबार
,
Latest
राजापुरवासीले रगतकै लागि भौतारिने अवस्था हट्दै प्रधानमन्त्रीको चीन भ्रमण: पूर्वप्रधानमन्त्री ,पूर्वपरराष्ट्रमन्त्री सहित बिज्ञसंग सुझाब लिदै प्रधानमन्त्री सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल एनपिएलको ट्रफीमाथि राखिएको ढुंगा किन विशेष छ ? एनपिएलले नेपालको आर्थिक गतिविधि चलायमान बनाउनेछः खेलकुदमन्त्री चौधरी महिला नेपाल प्रिमियर लिगको आयोजना गर्न क्यानलाई प्रधानमन्त्रीको निर्देशन प्रेमी सायुज्यसँग विवाह गर्दै स्मिता मेगा अक्सनको पहिलो दिन कप्तानको सबैभन्दा बढी माग, ४ कप्तान किन्न ८३.५० करोड खर्च चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत सुवेदी, कक्षपती र बेञ्जु शर्मालाई त्रिमूर्ति पुरस्कार
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा सहायक हवल्दारले गरे पत्निको हत्या, पेस्तोल दिने हवल्दार निलम्बित



अ+ अ-

काठमाडौँ । दाङमा पत्निको हत्या गरेका प्रहरीका सहायक हवल्दार यमबहादुर झाँक्रीलाई पेस्तोल दिने हवल्दार निलम्बित भएका छन् ।

यमबहादुरले बिहिबार साँझ घोराहीस्थित दामोदर चोकमा ड्युटीमा खटिएकी पत्नि प्रहरी जवान धनमाया थापालाई  गोली प्रहार गरि हत्या गरेका थिए ।  धनमायालाई उनले ३ राउण्ड गोली प्रहार गरेका थिए ।

धनमायाले अदालतमा सम्बन्ध बिच्छेद गरिपाऊँ भनेर ‘फिराद पत्र’ दर्ता गरेपछि यमबहादुरले गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

सहायक हवल्दार झाँक्री कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा कार्यरत छन् । उनले हत्या गर्ने ‘योजना’ बनाएर नै तालिम केन्द्रबाट पेस्तोल लगेको पाईएको छ ।

यमबहादुरले जिन्सीमा कार्यरत हवल्दारलाई फकाएर पेस्तोल लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनले जिन्सी शाखाका हवल्दार विमल थापासग पेस्तोल लगेका थिए । नियमविपरित हतियार जिम्मा दिएको भेटिएपछि हवल्दार थापालाई निलम्बन गरिएको छ । प्रहरी तालिम केन्द्र नेपालगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुशीलसिंह राठौरले उनलाई निलम्बन गरेका हुन् ।

यसबारे थप अनुसन्धान भईरहेको छ ।