७ पुष २०८२, सोमबार
,
Latest
विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्धक बनाएर बलात्कार : आरोपितले स्विकारिसके, उजुरी दिन उमेर पुगेन



अ+ अ-

काठमाडौं । आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। बन्धक बनाएर केही दिन बलात्कार गरे। मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए।

आरोपितले बलात्कार स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन्। तर, एउटा कानुनी जटिलता आएको छ– आँखैअगाडिको बलात्कारीबारे किटानी जाहेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पीडितलाई थाहा छैन। स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ। किनकि, उनको उमेर पुगेकै छैन।

बालिकामाथि बलात्कार हुन सक्छ। तर, कानुनले तिनलाई स्वयं उजुरी गर्न रोक्दो रहेछ। पीडित मात्र होइन, प्रहरी पनि यही जटिलताले रनभुल्लमा छ। मोरङको उर्लाबारी–५ घर बताउने बालिकालाई बुवा–आमा कहाँ छन् भन्ने पत्तो छैन। आमाबुवा दुवै जनाले अर्कै बिहे गरेको भन्ने सुनेकी छन्। आठ वर्षको उमेरदेखि नै अभिभावकविहीन बनेकी उनलाई आफन्तको साथसमेत मिलेन। भोक लाग्दा चिनजानकासँग मागेर खानु उनको बाध्यता बन्यो। (अन्नपूर्ण पोष्ट दैनिकबाट)