२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोक्सीको आरोप लगाई महिलालाई मलमूत्र खुवाउने एक जना पक्राउ



अ+ अ-

विराटनगर । मोरङमा बोक्सीको आरोपमा महिलालाई मलमूत्र खुवाई यातना दिने एकजनालाई पक्राउ गरिएको छ । बूढीगंगा गाउँपालिका–७ की ५५ वर्षीय महिलालाई छिमेकी ५० वर्षीया पारो माझीले यातना दिदै बोक्सी आरोपमा मलमूत्र खुवाएकी हुन् ।

गाउँकी धामीसमेत रहेकी पारो माझीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

मलमूत्र खुवाएर अमानवीय व्यवहार गरेको उजुरी परेपछि माझीमाथि पीडित महिलाले हरैचामा रहेको प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । लगत्तै बोक्सीको आरोप लगाई अमानवीय हर्कत गर्ने माझीलाई पक्राउ गरेको डीएसपी दाहालले बताए ।

माझीविरुद्ध बोक्सी आरोपको कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनामा अरु व्यक्तिको संलग्नता नदेखिएको र यसबारे आवश्यक अनुसन्धान भईरहेको दाहालले बताए ।