११ असार २०८३, बिहीबार
,
Latest
‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

महाधिवेशन छिटो गराउन काँग्रेस नेतृत्वमाथि नेविसंघको दवाव (भिडियो सहित)



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरुलाई दवाव दिन सुरु गरेका छन । 

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले आफ्नो संगठन नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दवाव दिन सुरु गरेका हुन । नेविसंघलाई गतिशील बनाई क्याम्पसहरुको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरुलाई दवाव दिने अभियान सुरु गरिएको नेविसंघमा आवद्ध विद्यार्थी विनोदराज जोशीले बताउनु भयो ।

त्यसक्रममा विद्यार्थीहरुले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दवाव दिँदै पार्टीका केन्द्रिय सदस्य एवम् नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई अनुरोध पत्र पनि बुझाएका छन । अभिभावकलाई पत्र भनेर बुझाएको सो अनुरोध पत्रमा तत्काल तदर्थ समिति गठन गरी नेविसंघको महाधिवेशन सम्पन्न गर्न पार्टीका नेताहरुसँग माग गरिएको पनि जोशीले बताउनु भयो । यता, सो पत्र बुझ्दै काँग्रेस केन्द्रिय सदस्य महरले नेविसंघलगायतका भातृ संस्थाहरुको महाधिवेशन सम्पन्न गराउन आफूले नेताहरुलाई अनौपचारिक रुपमा दवाव दिँदै आएको र अव बस्ने केन्द्रिय समिति बैठकमा औपचारिक रुपमै छलफल गराउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले पार्टी पदाधिकारीहरुसमेत भातृ संस्थाहरुको महाधिवेशन छिटो गराउन गम्भिर नभएको उल्लेख गर्दै उनीहरुमाथि दवाव दिन नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई आग्रह गर्नु भयो । उहाँले  भन्नु भयो, ‘मैले पार्टीमा अनौपचारिक रुपमा तदर्थ समिति बनाएर नेविसंघलगायतका सबै भातृ संस्थाहरुको महाधिवेशन छिटो गरौं भनेर दवाव दिँदै आएको छु । तर पार्टी पदाधिकारीहरुले नै त्यसलाई गम्भिर रुपमा नलिएको अवस्था छ । त्यसैले म साथीहरुलाई नै आग्रह गर्न चाहन्छु । पार्टीका सबै केन्द्रिय सदस्यहरुलाई महाधिवेशन छिटो सम्पन्न गराउन तपाईहरुले जर्बजस्त रुपमा दवाव दिनुहोस् । त्यसका लागि मैले आगामी केन्द्रिय समितिको पार्टीको बैठकमा औपचारिक रुपमै छलफल गराउन पहल गर्नेछु ।’

पार्टीको विधान र संघीयताको भावना अनुसार काँग्रेस भातृ संस्थाहरुको विधान मस्यौदा भएपनि पार्टीले स्विकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरु पूरानै विधानमा चलिरहेका छन । जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरुको माग छ ।