• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

एसीसी महिला प्रिमियर कप: थाइल्याण्डलाई ४ रनले हराउदै यूएई फाइनलमा



काठमाडौँ । थाइल्याण्डलाई ४ रनले हराउदै यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । यो जितसँगै यूएईले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा स्थान पक्का गरेको छ ।

यूएईले जितको लागि दिएको ७१ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाएर ६६ रन बनायो । थाइल्याण्डका लागि थिपाटचा पुथावोङले सर्वाधिक २१ रन बनाईन् । त्यस्तै, सुवाना खायोटोले १२ तथा नानापत कोन्चारोनकाइले ११ तथा फनिता मायाले १० रन बनाइन् ।

यूएईका लागि हिना एन होटचादनीले ४ विकेट लिइन् । वैष्णवी महेशले ३ तथा कभिसा एगोडागेले २ र सुरक्षा कोटेले १ विकेट हात पारिन् ।

यसअघि यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७० रन बनाएको थियो । यूएईको लागि कभिसाले सरधिक २१ रन बनाईन् ।
कप्तान इशा ओजाले १४ तथा समाइरा धर्नीधर्काले १३ रन बनाईन् ।

थाइल्याण्डकी थिपाटचा पुथावोङ र अफिसारा सुवानचोनराथीले समान २–२ विकेट लिईन् ।

अब दोस्रो सेमिफाइनल खेलबाट नेपाल र मलेसियामध्ये एक टीम फाईनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छन् । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।