२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसीसी महिला प्रिमियर कप: थाइल्याण्डलाई ४ रनले हराउदै यूएई फाइनलमा



अ+ अ-

काठमाडौँ । थाइल्याण्डलाई ४ रनले हराउदै यूएई एसीसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । यो जितसँगै यूएईले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा स्थान पक्का गरेको छ ।

यूएईले जितको लागि दिएको ७१ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १९.२ ओभरमा सबै विकेट गुमाएर ६६ रन बनायो । थाइल्याण्डका लागि थिपाटचा पुथावोङले सर्वाधिक २१ रन बनाईन् । त्यस्तै, सुवाना खायोटोले १२ तथा नानापत कोन्चारोनकाइले ११ तथा फनिता मायाले १० रन बनाइन् ।

यूएईका लागि हिना एन होटचादनीले ४ विकेट लिइन् । वैष्णवी महेशले ३ तथा कभिसा एगोडागेले २ र सुरक्षा कोटेले १ विकेट हात पारिन् ।

यसअघि यूएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७० रन बनाएको थियो । यूएईको लागि कभिसाले सरधिक २१ रन बनाईन् ।
कप्तान इशा ओजाले १४ तथा समाइरा धर्नीधर्काले १३ रन बनाईन् ।

थाइल्याण्डकी थिपाटचा पुथावोङ र अफिसारा सुवानचोनराथीले समान २–२ विकेट लिईन् ।

अब दोस्रो सेमिफाइनल खेलबाट नेपाल र मलेसियामध्ये एक टीम फाईनलमा पुग्नेछन्। फाइनलमा पुग्ने दुई टोलीले आगामी जुलाईमा आयोजना हुने महिला टी–२० एसिया कपमा सहभागिता जनाउन पाउने छन् । एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र छनोट चरणबाट आउने दुई टोली सहभागी हुनेछन् ।