२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश संवैधानिक परिषदमा हुँदा निष्पक्ष न्याय सम्पादन हुन सक्दैन: न्यायधीश राउत (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश हुनुपर्ने/नपर्नेबारे गम्भीर विचार विमर्श हुन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश भएपछि मुद्दा हेर्न मिल्ने की नमिल्ने ? भन्ने प्रश्न उठेको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश संवैधानिक परिषद्मा हुँदा निष्पक्ष न्याय सम्पादन हुन नसक्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश संवैधानिक परिषद्को सदस्य रहँदा न्यायिक अक्षुण्डता र स्वतन्त्रताको कुरा ओझेलमा पर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज संवैधानिक परिषद्मा प्रधानन्यायाधीश हुनुपर्ने की नपर्ने ? धेरैको कुरा त आयो ? तर स्पष्ट कुरा आएको छैन । विचार त्यसमा सम्प्रेषित हुनुपर्छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश हुनुपर्ने की नपर्ने ? प्रधानन्यायाधीश भएपछि मुद्दा हेर्न मिल्ने की नमिल्ने ? आज यो यस्तो बहस छेडिएको छ की संविधानमा मात्रै गएर टुंगिने अवस्था छ । न्यायपरिषद्मा, संसदीय सुनुवाई समितिमा र संवैधानिक परिषद्मा । प्रधानन्यायाधीश संवैधानिक परिषद्मा संलग्न भएपछि प्रश्न एकदमै तिखारिएर आयो । कतिसम्म भयो भने संसद विघटन हुँदाखेरी दुई दिनसम्म मुद्दा संवैधानिक इजलासले हेर्ने की वृहतपूर्ण इजलासले हेर्ने भन्ने बहस भयो । प्रधानन्यायाधीश संलग्न हुँदा फेयरनेस हुन्छ की हुँदैन भन्ने थियो । जुडिसियरको इम्पारसिलिटी भनेको फेयरनेस हो । न्यायिक अक्षुण्डता र स्वतन्त्रताको कुरा ओझेलमा पर्छ । आजको न्याय लयमा फर्किएको छ ।’