२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौंका बन्धक बनाउने आठ जना सार्वजनिक



अ+ अ-

काठमाडौँ: अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले बिहिबार सार्वजनिक गरेको छ ।

पक्राउ परेका भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा र नेपाली नागरिक २५ वर्षीय लक्ष्मण गिरीलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार आठैजनालाई प्रहरीले  बुधबार राति पक्राउ गरेको हो ।

आरोपीतले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ रातोपुलबाट उद्धार गरिएको हो । नेपाली नागरिक गिरीले आरोपीतका कागजात फोटोकपि लगायतका काम गरिदिने गरेको खुलेको छ । उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

अमेरिका पठाउन एक जनाको ४० लाखदेखि  ४५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

प्रहरीले उद्धार गरेका भारतीय नागरिकमा गुरुनिन्दर सिंह, सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह, जग्दीप सिंह, गुरप्रित सिंह, कुलदीप सिंह, राकेश कुमार, आशिस कुमार र गुरप्रित सिंह रहेका प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुुभयो ।