२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

देश बनाउन ‘बत्तीमुनि उज्यालो’ चिन्तन

देश बनाउन ‘बत्तीमुनि उज्यालो’ चिन्तन
अ अ+ अ-

काठमाडौँ । बत्तीले चारैतिर उज्यालो दिन्छ तर आफूमुनि अँध्यारोको अँध्यारो नै हुन्छ । ‘बत्तीमुनि अँध्यारो’,  उखान वा जनबोली, नकारात्मक सोचाइ भयो । यो भावलाई सकारात्मक सोचाइ हुनेले उल्टाइदिन्छन् र उज्यालोको कल्पना गर्छन् । जेमा पनि अवसर, आशावादिता, उज्यालो र सकारात्मकता देख्ने व्यक्तिको जीवन खेर जाँदैन, तिनले अरुलाई पनि प्रेरणा दिन्छन् र अघि बढ्न सहयोग गर्छन् । एकथरिको जिन्दगी सधैँ गुनासो र नकारात्मक चिन्तनमै बित्छ । मानिसले समय छँदै सकारात्मक चिन्तन समात्न सके आफू र अलाई बत्ती देखाउन सक्छन् । पत्रकार, अध्यापक, तालीमदाता, व्यवस्थापक आदि जिम्मेवारी सम्हालिसकेका र हाल पनि जिम्मेवारीमै रहनुभएका अश्विनकुमार पुडासैनी आफ्ना सकारात्मक चिन्तन अरुलाई पनि बाँड्न चाहनुहुन्छ –तालीमद्वारा, लेखरचनाद्वारा र पुस्तक प्रकाशनद्वारा । कुनै बेलाका पत्रकार पुडासैनी लेख्न रुचाइरहनुहुन्छ । उहाँले ‘सादृश्यडटकम’ अनलाइन न्युज पोर्टलमा  ‘बत्तीमुनि उज्यालो’ शीर्षक स्तम्भमा धारावाहिक रुपमा २०७४–७५ मा लेखेका लेखहरुको सङ्ग्रहले सोही नाममा पुस्तकाकार रुप लिएको छ  र अहिले बजारमा आइसकेको छ । 

नुवाकोट, बेलकोटगढी नगरपालिका–८, काशीटार(साविक जिलिङ–३, बाहुनडाँडा)का पुडासैनीको यसै वर्ष प्रकाशन भएको कृति ‘बत्तीमुनि उज्यालोःनयाँ नेपाल डक्ट्रिन’(दिव्य देउराली प्रकाशन प्रालि)ले पाठकलाई सकारात्मक चिन्तन गर्न तथा नेपालको आर्थिक–सामाजिक कूटनीतिक अवस्था बुझ्न सहयोग गर्छ । ‘समाज र संस्कृति’, ‘अर्थ र व्यवस्थापन’ तथा ‘राजनीति र कूटनीति’ गरी कृतिलाई तीन भागमा बाँडेर पुडासैनीले सामान्य जीवनमा आवश्यक व्यवहारोपयोगीदेखि राष्ट्रिय,अन्तरराष्ट्रिय राजनीति र कूटनीतिका धेरै विषय पाठकलाई दिनुभएको छ ।  आफ्ना हजुरआमा र हजुरबाबाट नै सकारात्मक ज्ञान लिनुभएका ५१ वर्षीय लेखक तिनै ज्येष्ठ नागरिकसँग सिक्नका लागि नयाँ पुस्तालाई आग्रह गर्नुहुन्छ । आफ्नै जीवनका भोगाइदेखि विभिन्न व्यक्तिका सफलताका कथा सुनाएर लेखक हामीलाई क्रियाशील हुन झक्झक्याइरहनुहुन्छ । विभिन्न व्यक्तिसँग भेट्न, अन्तरक्रिया गर्न रुचि राख्ने पुडासैनी तिनैका विचार र भोगाइ पाठकका लागि काम लाग्ने ठानेर पस्कनुहुन्छ । किताबमुक्त ज्ञानका लागि ठाउँठाउँमा घुम्न सल्लाह दिनुहुन्छ । 

ठमेलको तीन रोपनीको आफ्नो होटल बिक्री गरी मनाङमा स्याउखेती गर्ने सांसद पाल्देन गुरुङ, ‘उत्तमज्ञान’का लेखक तथा ‘मोटिभेटर’ उत्तमलाल महर्जन, अमेरिकामा पढाइ सकेर नेपालमा सस्तोमा पिज्जा खुवाउने सङ्कल्प, प्रसन्न, समिर र शैलेन्द्र, इमान्दारी, कडा परिश्रम र निरन्तरताका प्रतीक भाटभटेनी सुपरमार्केटका आरम्भकर्ता एवं सञ्चालक मीनबहादुर गुरुङ, गुणस्तरीय शिक्षा र स्वास्थ्य दिने काठमाडौँ विश्वविद्यालयका तत्कालीन उपकुलपति डा रामकण्ठ माकजुका रोचक कथा प्रस्तुत कृतिमा पढ्न पाइन्छ । 

बैँकर पुडासैनी सबका बैंक खाता, ‘क्यासलेस ट्रयान्ज्याक्शन’ र मोबाइलबाटै दक्षिणा विचारका हिमायती हुनुुहुन्छ । व्यवस्थापन र विकास अध्ययनमा स्नातकोत्तर र एमफिल९दर्शनाचार्य० पुडासैनी व्यक्ति र संस्थाको सफलताका लागि सही व्यवस्थापनमा जोड दिनुहुन्छ । हाल चलिरहेको पाँचवर्षे योजनाको साटो चारवर्षे योजनाको सुझाव दिँदै तिनलाई ऊर्जा वा औद्योगिक विकास वा  भौतिक पूर्वाधार वा कृषिको आधुनिकीकरण वर्ष वा औद्योगिक जागरण तथा  उद्यमशीलता वर्ष नाम दिएर केन्द्रित हुन सरकारलाई सुझाव दिनुहुन्छ । राजनीतिको व्यापारको आलोचना गर्दै लेखकले प्रत्येक नेपालीलाई करका दायरामा ल्याउन, सबैबाट सम्पत्तिको घोषणा गराउन, प्रत्येक व्यक्तिको खर्चको अभिलेख राख्न, कर्मचारीको सेवावधि २५ र उमेर हद ५५ गराउन, वितरणमुखी नभई उत्पादनमुखी मान्यता तथा अन्य करीब डेढ दर्जन बूँदामा केन्द्रित भएर बजेट बनाउन उहाँले तत्कालीन अर्थमन्त्री९२०७५०डा युवराज खतिवडालाई सुझाव दिनुभएको थियो । चौबीसै घण्टा चल्ने सडक, उत्पादनशील क्षेत्रमा लगानी, सांसद विकास कोष र  प्रतिष्ठानहरुलाई वितरण गरिने अनुदानको अन्त्य, दरिद्रताबाट मुक्ति पाउनका लागि योजनाबद्ध काम नै रामवाण हुने उहाँको मान्यता छ । यस सन्दर्भमा जापानी व्यवस्थापनको चर्चा पनि लेखकले गर्नुभएको छ जसमा प्रत्येकले प्रत्येकलाई सम्मान, आफ्नो भाषा–संस्कृतिप्रति गर्व, राष्ट्रपे्रम, समयको पालना, प्रकृति र वातावरणप्रति सचेतना, प्रविधिको व्यापक प्रयोग, कार्ययोजना र कार्यसमीक्षा, सम्पूर्ण गुणस्तर व्यवस्थापन, प्रत्येक तहमा मूल्य अभिवृद्धि, मानवीयताको ख्याल, कार्यसम्पादनका आधारमा तलब वा ज्याला र सहभागितामूलक व्यवस्थापन पर्छन् । जापान आर्थिक समृद्धितिर जानुमा उसको सहभागितामूलक व्यवस्थापनबाट हो भन्ने कुरा लेखकले जनाएका छन्, जुन अहिले विश्वभर चर्चित छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई नारामा मात्र सीमित हुन नदिन इमाजिन नेपालका संस्थापक पुडासैनीले नेपालीको क्षमता विकासमा जोड दिनुभएको छ ।  विकास गरिने वस्तु र स्थानको प्राथमिकता निर्धारण, पूर्वाधार पहिचान, शिक्षामा व्यापक सुधार, सामाजिक सुरक्षा, स्वरोजगारका अवसर र सुशासनलाई मुख्य आधार मान्न उहाँको सुझाव छ । नारा वा अभियानको थ्योरी अफ चेञ्ज९परिवर्तनको सिद्धान्त० स्पष्ट गर्न र अनुगमनका साथै सरकारमा कर्मचारीतन्त्र हावी हुन नदिई थिन्क ट्यांक गठन गर्न उहाँको मुख्य सुझाव छ । मुलुक बनाउन चाहने स्वप्नदर्शीहरुलाई सघाउन र तिनको भावनाप्रति सकारात्मक धारणा बनाउन, नकि खिसीट्युरी गर्न लेखकको आग्रह छ । पुडासैनी भन्नुहुन्छ, “अबको राजनीतिक नेतृत्वमा देशको भविष्य स्पष्ट तस्वीर देखिनुपर्छ ।”

तीन भागमध्ये ‘राजनीति र कूटनीति’लाई नै लेखकले बढी पाना खर्चनुभएको छ । सरकारले लिएको समृद्धि नाराको मूल आधार संविधान कार्यान्वयन रहेको ठहर गर्दै लेखकले सरकारलाई नागरिक हकको सुनिश्चितता र त्यसका लागि संस्थागत संरचना, स्रोतसाधनको उपलब्धता र ठूला परियोजनाहरुको व्यवस्थापन, प्राकृतिक स्रोतसाधनमा नियन्त्रण, शान्तिसुरक्षा, विधिको शासन, शिक्षा र स्वास्थ्यमा जोड तथा संस्कृतिको संरक्षणका लागि सुझाव दिनुभएको छ । 

प्रधानमन्त्री ओलीले छिमेकी भारत र चीनसँगको सम्बन्धमा ल्याएको नयाँ धारलाई लेखकले ओली डक्ट्रिन (ओली  सिद्धान्त)को संज्ञा दिनुभएको छ  ।ओलीको अघिल्लो प्रधानमन्त्रित्वकालमा भारतीय नाकाबन्दी र त्यसको डटेर गरिएको मुकाबिला तथा त्यसकै सन्दर्भमा छिमेकी चीनसँग पारवहन र यातायात सम्झौता भई हाम्रो परराष्ट्र नीतिको वास्तविक परख भएको थियो जसले नेपाललाई भूपरिवेष्टितबाट भूजडित मुलुकमा परिणत गरिदियो । अहिलेको प्रधानमन्त्रित्वकालमा पनि तेइस वर्षपछि चिनियाँ राष्ट्रपतिलाई  नेपालमा भित्र्याउन देखाएको सक्रियता तथा भारतसँग पारस्परिक सम्मानमा आधारित सम्बन्ध राखेर हाम्रो सन्तुलित, स्वाभिमानी र न्यायको वकालतसहितको बदलिँदो परराष्ट्र नीतिलाई ओली डक्ट्रिन वा सिद्धान्तका रुपमा हेर्दा अतिशयोक्ति नहोला । कूटनीतिक वा आर्थिक सम्बन्ध एक हिसाबले एकातर्फ मात्र ढल्किरहेको प्रतीत भइरहेका बखत आफ्नो स्वाभिमान कायम राखेर  पारस्परिक समानताका आधारमा राख्न छिमेकीलाई बाध्य पार्ने ओली चातुर्यको प्रशंसा गर्न कोही पनि चुक्नुहुँदैन । तत्कालीन परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे (२०७१–७२)का सल्लाहकार पुडासैनी राजदूतहरुको नियुक्ति ‘स्पोन्ससरसिप’मा हुन थालेकामा आलोचना गर्दै वैदेशिक सम्बन्धका सवालमा कूटनीतिक कौशलतामा जोड दिनुहुन्छ । सरकारका आन्तरिक र बाह्य कामकारवाहीमा पार्टीले स्वामित्व लिन नसकेकामा पनि लेखकको असन्तुष्टि छ । 

मुलुकमा जताततै सम्भावना नै सम्भावना, अवसरै अवसर देख्ने लेखक देश बनाउन चाहना राख्ने तथा राजनीति र सत्ताका माध्यमबाट राज्यलाई भूस्वर्गमा परिवर्तन गर्न चाहनेहरुलाई अनगन्ती सुझाव दिन्छन् । प्रस्तुत कृतिमा कोठेगफ र बौद्धिक विलास मात्र  हैन, देश बनाउन आवश्यक धरातलीय सुझाव छन्, वस्तुगत सल्लाह छन् । बगेल्ती कथा, कविता, घटना र उदाहरण दिइएकाले पुस्तक रोचक छ । स्वप्नदर्शी प्रधानमन्त्री ओली तथा राष्ट्रिय समाचार समिति र गोरखापत्र संस्थानका अध्यक्ष क्रमशः श्यामल अधिकारी र कृष्णमुरारी भण्डारीले कृतिमा लेखेको भूमिका पनि विश्लेषणात्मक र विचारोत्तक छन् ।  कृतिमा विषय र सन्दर्भ नमिल्ने कुरा पनि एकै ठाउँमा राखिएको छ भने धेरै बूँदा र विषय पुनरुक्ति भएका छन् । कतैकतै तथ्यतथ्याङ्कमै गल्ती (प्रुफरिडिङ) छ भने कतै एकै तथ्यमा फरकफरक तथ्याङ्क परेको छ ।  वर्णविन्यासमा निकै कमजोरी भेटिन्छन् । कृतिको शीर्षकलगायत धेरै ठाउँमा अङ्ग्रेजी शब्द आएका छन्, जसलाई नेपालीकरण गर्न सकिन्थ्यो । स्तम्भलेखनअन्तर्गत लेखिएको लेखको लेखन वा प्रकाशित मिति अन्त्यमा दिइएको भए कतिपय सन्दर्भको ठयाक्कै समय पत्ता लगाउन सकिन्थ्यो । कृति अर्थशास्त्र, व्यवस्थापन, राजनीति र सार्वजकि प्रशासनमा संलग्नहरुका लागि मात्र नभई निराशाग्रस्त व्यक्तिहरुका लागि पनि निकै उपयोगी छ । बत्तीमुनि अँध्यारो नभई उज्यालो पाउन  चाहनेहरुका लागि कृतिले जोकोहीलाई प्रेरणा दिन्छ । श्याम रिमाल/रासस