• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   पारदर्शिता र सुशासन एक अर्काका पूरक हुन्: राष्ट्रपति ★   तीस लाखको लागतमा बिपी मैदानमा प्यारापिट निर्माण ★   बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री ★   निजी क्षेत्रको मनोबल उच्च बनाउन नीति तथा कार्यक्रम,बजेट र मौद्रिक नीति उदारवादी हुनुपर्छ: चेम्बर ★   रफाहमा इजरायली आक्रमण: २० प्यालेस्टाइनीको मृत्यु ★   तनहुँमा चलचित्र निर्माण कार्यशाला ★   निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो: प्रधानमन्त्री ★   खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता ★   कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले दाबी पेश गर्ने, केदार कार्की अदालत जाँदै ★   अठार वर्षपछि सडक कालोपत्र

साहित्यकार चन्दलाई नागरिक अभिनन्दन



सुदूरपश्चिम : वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा आज नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान पु-याएको भन्दै उहाँलाई नागरिक अभिनन्दन गरिएको हो ।

अभिनन्दन गर्न गठित नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा समितिका संयोजक मायाप्रकाश भट्टले पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो । सो अवसरमा सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल साहित्य समाजलगायत दुई दर्जनभन्दा बढी साहित्यिक सङ्घ संस्थाले साहित्यकार चन्दलाई अभिनन्दन गरेका थिए । उहाँको ८४ जन्मदिनको अवसर पारेर अभिनन्दन गरिएको संयोजक भट्टले जानकारी दिनुभयो ।

नेपाली सहित्यमा ‘श्रीलोचन’को नामले चिनिनुहुने साहित्यकार चन्दको ‘विसर्जन’ कथासङ्ग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । बैतडीको सूर्नया गाउँपालिकामा जन्मिनुभएका उहाँका पाहुना घर, इन्द्र धनुष, तिम्रो झलक, अपराजिता, हिउँको तन्ना, सन्ध्यावली, अपरिचित, बाह्रौँ खेलाडी, लेमिङहरु, रात्री भोज, नेताका साथीलगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन् ।