२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

रघुजी पन्तको अभिव्यक्तिमाथि सांसद कोमल वलीको आक्रोश

रघुजी पन्तको अभिव्यक्तिमाथि सांसद कोमल वलीको आक्रोश
अ अ+ अ-

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेपाल –दाहाल समुहका नेता रघुजी पन्तले  शनिबार राजधानीमा आयोजित  एक कार्यक्रममा राष्ट्रिय सभा सांसद कोमल वलीलाई  पिंडुला देखाएको भरमा सासद भएको भन्दै कटाक्ष गर्नुभयो ।  

पार्टी भित्र संर्घष गरेकाहरुले अबसर नपाएको दाबी गर्दे पन्तले भन्नुभयो ‘‘छन्, महिलाहरु छन्, अहिले केपीतिर पनि लागेका छन् । बीसौं वर्ष बिहे नै नगरेर यो पार्टीमा लागेका महिलाहरु छन् । तर, तिनले टिकट पनि पाएनन् । राष्ट्रिय सभा पनि पाएनन् । केपी ओलीले यसो‘ केरे‘ कोमल वलीले यसो  सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि संसद त तिनै भइन् ।’

पन्तको अभिव्यक्ति पछि उहाँका कार्यकर्ताले ताली पनि पड्काए । पन्तको अभिव्यक्ति  सञ्चारमाध्याम र सामाजिक सञ्जालबाट सार्वजनिक भए लगत्तै राष्ट्रिय सभा सदस्य वलीले  ट्वीटर मार्फत पन्त प्रति आक्रोश व्यक्त गर्नुभएको छ ।  उहाँले नेता पन्तलाई नीच र दरिद्र सोचको व्यक्ति भएको टिप्पणी गर्नुभएको छ ।  

वलीले लेख्नु भएको छ – ‘हामीले नेता मानेका रघुजी पन्त कति नीच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेको छ । पन्तजीलाई मेरो प्रश्न, तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईंको जस्तो दरिद्र सोचको शिकार हुनुपर्छ ?’


यता सामाजिक सञ्जाल फेसबुकमा वलीले अर्को स्टाटसमा नेकपा नेपाल –दाहाल समूहका अध्यक्ष माधवकुमार नेपाललाई समेत ट्याग  गर्दै  लेख्नु भएको छ – पूर्वीयदर्शन देखि मानव विकासमा महिलाको उच्च सम्मान समाजको कसिमा उत्तीर्ण भएर भएको छ । प्रकृतिले नै महिला र पुरुषको समायोजन गरेको हो । एकअर्काको आदर सम्मान विना समाजमा न्याय समानता र विवेकशीलताको अन्त हुन्छ । समाज हिंसा तिर जान्छ र दया करुणा जस्ता कुरा हराउँछन् । तसर्थ एकले अर्कालाइ सम्मान गर्नु जीवनलाई मर्यादित र सरल बनाउनु हो । तर नेकपाका नेता रघु पन्तले महिलाहरुले प्राप्त गर्ने पदहरु पिंडुला देखाएर भन्ने जुन अभिव्यक्ति दिनुभएको छ वहाँको मानव बिकासका क्रममा बन्ने तन्तु हरु बीचैमा रोकिएको जस्तो  छ । वहाँले प्रयोग गर्ने शब्दहरुले आफ्नो आमा दिदीबहिनी सबैलाई अपमान गरेको छ ।  विवेकहीन मानिसको आलोचनाले आफैंलाई आलोचित गर्दछ, यस्ता  व्यक्तिले नेतृत्व गरेका राजनीतिक पार्टी र समाजको दुर्घटना कति टाढा होला ?"


वलीको यो स्टाटस माथि प्रतिक्रिया जनाउनेहरुले लाज, घीन, शर्म आदि केही नभएपछि जे जे बोल्दा पनि हुँदो रहेछ– कहिले महिलाको अङ्ग, कहिले तिनको वस्त्र भन्दै नेता पन्तमाथि आक्रोश  व्यक्त गरेका छन् ।

केही समय अघि प्रतिनिधिसभा बिघटन बिरुद्ध नेपाल–दाहाल समूहले  गोरखामा गरेको बिरोध कार्यक्रममा सोही समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रतिकात्मक रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई बालकोट जान सुझाब दिएपछि त्यसको चौतर्फी  आलोचना भएको थियो ।