• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै ★   सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा ★   कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको सपथ ★   उमेशराज जोशी र भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा ★   क्रिकेट खेलाडीले जनही १३ लाख पाउने ★   जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय ★   राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ ★   चालक दलका सदस्यले बिरामी बिदा हडताल गरेपछि एयर इन्डियाका ७४ उडान रद्द ★   पाकिस्तानको लाहोर एयरपोर्टमा आगलागी ★   सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, उपेन्द्र यादव अनुपस्थित

काँग्रेस केन्द्रिय समितिको बैठकमा चार वटा प्रश्ताव पेस, भोलिबाट प्रश्तावमाथि छलफल हुने



काठमाडौँ । नेपाली काँग्रेस केन्द्रिय समितिको बैठकमा चार वटा प्रश्ताव पेस भएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा सरकारको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो । साथै पार्टीको राजनीतिक प्रतिवेदन, पार्टीको संगठनसम्बन्धी प्रश्ताव र समग्र नीतिकासम्बन्धी प्रश्तव पेस गरिएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भयो ।

बैठकमा सरकारको तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रश्ताव पेस गरेको र पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रश्ताव, महामन्त्री गगनकुमार थापाले संगठनसम्बन्धी प्रश्ताव र उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रश्ताव पेस गरेको बताउनु भयो । उहाँले आजको बैठकमा प्रश्ताव मात्रै पेस हुने र शुक्रवारबाट प्रश्तावमाथि छलफल हुने बताउनु भयो । अर्थमन्त्री महतले छलफल सकिएपछिको निस्कर्षसहित महासमिति बैठकमा परिमार्जनसहितका प्रश्ताव लैजाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो केन्द्रिय समितिको बैठक बस्दैछ । आज दुई, तीन वटा प्रश्तावहरु पेस भएका छन् । मैले सरकारको तर्फबाट आर्थिक स्थिति के छ, के गरिरहेको छ, भोलिको दिनमा के गर्ने भन्नेकुरामा सरकारको तर्फबाट आफ्ना कुराहरु राख्यौँ । विश्वप्रकाशजीले राजनीतिक विषयमा पार्टीको तर्फबाट लिखित प्रश्ताव पेस गर्नुभयो । संगठनसम्बन्धी प्रश्ताव पार्टीका अर्का महामन्त्री गगनकुमार थापाले प्रश्तुत गर्नुभएको छ । समग्र नीतिका विषयमा उपसभापतिज्युले प्रश्ताव केन्द्रिय समितिको बैठकमा छलफलका लागि प्रश्तुत गर्नुहुनेछ । आज यी ४ प्रश्ताव पेस हुनेछन् । भोलि यसमा छलफल हुनेछन् । समग्र छलफल सकिएपछि महासमितिमा प्रश्तावको लागि लैजानको लागि परिमार्जनसहित महासमिति बैठकमा जान्छ ।’

नेता महतले केही जिल्लाहरुमा महासमिति सदस्य निर्वाचनमा केही सिमति ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताउनु भयो ।