१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काँग्रेस केन्द्रिय समितिको बैठकमा चार वटा प्रश्ताव पेस, भोलिबाट प्रश्तावमाथि छलफल हुने

काँग्रेस केन्द्रिय समितिको बैठकमा चार वटा प्रश्ताव पेस, भोलिबाट प्रश्तावमाथि छलफल हुने
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रिय समितिको बैठकमा चार वटा प्रश्ताव पेस भएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय समितिको बैठकमा सरकारको आर्थिक अवस्थाबारे जानकारी गराइएको हो । साथै पार्टीको राजनीतिक प्रतिवेदन, पार्टीको संगठनसम्बन्धी प्रश्ताव र समग्र नीतिकासम्बन्धी प्रश्तव पेस गरिएको पार्टीका नेता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनु भयो ।

बैठकमा सरकारको तर्फबाट आफूले आर्थिक अवस्था, भावी योजनाबारे प्रश्ताव पेस गरेको र पार्टीको तर्फबाट महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक प्रश्ताव, महामन्त्री गगनकुमार थापाले संगठनसम्बन्धी प्रश्ताव र उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले समग्र नीतिका विषयमा प्रश्ताव पेस गरेको बताउनु भयो । उहाँले आजको बैठकमा प्रश्ताव मात्रै पेस हुने र शुक्रवारबाट प्रश्तावमाथि छलफल हुने बताउनु भयो । अर्थमन्त्री महतले छलफल सकिएपछिको निस्कर्षसहित महासमिति बैठकमा परिमार्जनसहितका प्रश्ताव लैजाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो केन्द्रिय समितिको बैठक बस्दैछ । आज दुई, तीन वटा प्रश्तावहरु पेस भएका छन् । मैले सरकारको तर्फबाट आर्थिक स्थिति के छ, के गरिरहेको छ, भोलिको दिनमा के गर्ने भन्नेकुरामा सरकारको तर्फबाट आफ्ना कुराहरु राख्यौँ । विश्वप्रकाशजीले राजनीतिक विषयमा पार्टीको तर्फबाट लिखित प्रश्ताव पेस गर्नुभयो । संगठनसम्बन्धी प्रश्ताव पार्टीका अर्का महामन्त्री गगनकुमार थापाले प्रश्तुत गर्नुभएको छ । समग्र नीतिका विषयमा उपसभापतिज्युले प्रश्ताव केन्द्रिय समितिको बैठकमा छलफलका लागि प्रश्तुत गर्नुहुनेछ । आज यी ४ प्रश्ताव पेस हुनेछन् । भोलि यसमा छलफल हुनेछन् । समग्र छलफल सकिएपछि महासमितिमा प्रश्तावको लागि लैजानको लागि परिमार्जनसहित महासमिति बैठकमा जान्छ ।’

नेता महतले केही जिल्लाहरुमा महासमिति सदस्य निर्वाचनमा केही सिमति ठाउँमा विवाद आएकाले अहिले निर्वाचन समितिले अध्ययन गरिरहेको बताउनु भयो ।