• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

क्यानडाको ओन्टारियोमा भएको सवारी दुर्घटनामा २ नेपालीको मृत्यु



काठमाडौं । क्यानडाको ओन्टारियोमा  भएको सवारी दुर्घटनामा परी २ नेपालीको मृत्यु भएको छ ।

गैर आवाशिय नेपाली संघ क्यानडा का प्रतिनिधी तथा अन्टारियो प्रदेश संयोजक कुवेर वुर्लाकोटीका अनुसार अध्यायनका लागि क्यानडामा रहेका दुई बिद्यार्थीको सबारी दुर्घटनामा निधन भएको हो । घटनामा अन्य केही ब्यक्ति पनि घाईते भएका छन् ।

घटना लगत्तै वुर्लाकोटी सहितको टोलीले अस्पतालमा पुगेर जानकारी लिएको थियो । उहाँका अनुसार नेपालमा रहेका मृतकका परिबारसंग निरन्तर सम्पर्क भै रहेको छ ।

प्रहरीको अनुसन्धान जारी रहेको र मृतकका परिवारलाई पहिले जानकारी दिने प्रक्रियाका कारण आधिकारिक रुपमा उनीहरूको नाम सार्वजनिक नगरिएको गैर आवाशिय नेपाली संघ क्यानडाले जनाएको छ ।