८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्यमशीलताका लागि महिलालाई तालिम



अ+ अ-

काठमाडौं । महिला उद्यमशीलताका लागि वडा ११ मा खेलौना र कुसन बनाउने तालिम सुरु भएको छ । आजबाट सुरु भएको तालिम २५ गतेसम्म चल्नेछ । तालिममा न्युन तथा मध्यम आय भएका महिला सहभागी छन् । वडा ११ को सहयोगमा साथी नेपालले तालिम आयोजना गरेको हो । यसका लागि भोटेवहाल महिला समूहले सहजकर्ताको काम गरेको छ । 

तालिम उद्घाटन गर्दै वडाध्यक्ष हीरालाल तण्डुकारले तालिमबाट प्राप्त गरेको ज्ञान र सीपलाई उत्पादनमा रुपान्तरण गर्ने अपेक्षा राखेको बताउनुभयो । ‘तालिम लिएपछि काम गर्ने पैसा भएन भने हामी शुन्य व्याजमा ऋण खोजी दिन्छौं । उत्पादन भएका सामानका लागि बजार खोजी गरिदिन्छौं । तपाईँहरु व्यवसायिक उद्यमी बन्ने इच्छा राख्नोस् ।’ वडाध्यक्ष तण्डुकारको भनाइ थियो । 

साथी नेपालका अध्यक्ष सरिता सापकोटाका अनुसार तालिममा खरायो, बसेको कुकुर, ठूलो कुकुर, लभ आकारको डल्लो र चारपाटे कुसन बनाउन सिकाइन्छ ।