• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

अफ्रिका कपमा दोस्रो भएको नाइजेरियन फुटबल टिमलाई राजधानीमा जग्गा र फ्ल्याट दिइने



एजेन्सी । नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले नाइजेरियाको राष्ट्रिय फुटबल टोलीलाई सम्मान प्रदान गर्नुभएको छ ।

प्रेसिडेन्सियल भिल्लामा स्वागत गर्दै उहाँले हालै सम्पन्न अफ्रिका कप अफ नेसन्समा उनीहरूले दोस्रो स्थान हासिल गरेकोमा उच्च प्रशंसा गर्नुभयो । उहाँले सुपर इगल राष्ट्रिय सम्मानबाट हरेक सदस्यहरुलाई सम्मानित गर्नुभएको हो ।

टोलीका प्रत्येक सदस्य, खेलाडीदेखि कोचिङ स्टाफसम्म, राष्ट्रको खेलकुद गौरवमा उनीहरूको असाधारण प्रयास र योगदानको कदर गर्दै प्रतिष्ठित सदस्य अर्डर अफ नाइजर (एमओएन) बाट सम्मानित गरिएको छ । टिनुबुले प्रशंसा र प्रोत्साहन स्वरुप प्रत्येक व्यक्तिलाई संघीय राजधानी क्षेत्रमा फ्ल्याट र जग्गा उपहार दिनुभयो ।

खेलकुद विकास मन्त्री सिनेटर जोन ओवान एनोहले नाइजेरिया फुटबल फेडेरेसनका अधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।