• ३१ जेष्ठ २०८१, बिहीबार
  •      Thu Jun 13 2024
  •   Unicode
Logo
Latest
★   चितवनबाट रेशमखेती विस्थापित हुँदै ★   सारासँग ब्रेकअपपछि सिंगल छन् कार्तिक आर्यन ★   ‘पुजार सार्की’ हेर्दा बाबुराम भट्टराई भए भावुक, हिसिलाको प्रचण्डलाई व्यङ्ग्य ★   पुराना दलले नयाँ दललाई गरेको व्यवहारलक्षित रास्वपा नेताको असन्तुष्टि ★   पुँजी बजारमा करिब साढे ६ अर्बको कारोबार ★   बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा पहिरोको चुनौती ★   खेल हेर्नलाई ट्रयाक्टर बेचेका पाकिस्तानी फ्यान भारतको जितपछि खुसी भए ★   सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैनः राष्ट्रपति पौडेल ★   मम–चाउमिन जस्तै गरी सिमेन्ट–इँटा खान्छिन् यी महिला ★   दूध बिक्री गरेर आत्मनिर्भर बन्दै किसान

सरस्वतीको पूजा आराधना गरी मनाइयो श्रीपञ्चमी



तस्बिर: रासस

काठमाडौँ । आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ ।

काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ । आज बिहानैदेखि स्नान गरी मन्दिरमा गइ पूजा आराधना गर्नेहरुको भीड लागेको छ ।

काठमाडौं उपत्यकासहित देशभरका सरस्वती र देवी मन्दिरमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्नेहरुको उल्लेख्य भीड रहेको छ । वैदिक सत्य सनातन धर्मावलम्वीहरुले आज विद्याकी देवी सरस्वतीको निष्ठापूर्वक पूजा आराधना गरेर वसन्त पञ्चमी मनाउँछन् । वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमीको नामले समेत चिनिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्दछन् । वसन्त ऋतुको शुरूवात हुने भएकाले वसन्त पञ्चमीसमेत भनिने यस दिन सरस्वतीको पूजा गर्दा बुद्धि, विवेक बढ्ने विश्वास छ । विद्यालय पठाउने उमेर पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने प्रचलन छ । आजको दिनदेखि विद्यालय पठाउँदा ज्ञान र बुद्धि धेरै हुने जनविश्वास छ । आजको दिन आफैँमा शुभ हुने भएकाले विवाह, व्रतवन्धलगायत सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने ज्ञाताहरु बताउँछन् ।

यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ । उपत्यकाका स्वयम्भूनाथ, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा हुने गर्दछ ।