• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान



file photo

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन्। सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानमन्त्री कार्यालयबाट संसद अधिवेशनको पत्र प्राप्त भइसकेकाले  राष्ट्रपतिले संसद अधिवेशन आह्वान गरेको जानकारी दिए । 

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएपनि ढिलागरी पत्र पठाइएको छ ।  संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ।