• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

पाल्पामा जीप दुर्घटनाः आठ जनाको मृत्यु



काठमाडौं । पाल्पामा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाल्पाको डुम्रेबाट चिदिस जाँदै गरेको जीप मंगलबार दुर्घटना भएको हो ।

लु १ ज २३७१ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भएर ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् ।

घाइतेको उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ । जीपका चालक सकुशल छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अहिले घटनास्थलमा उद्धार कार्य भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।