• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   नइका चार कृतिको लोकार्पण ★   राष्ट्रिय नाचघरमा ‘माटोको गीत’ ★   काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष ★   राजस्थानलाई ५ विकेटले हराउँदै चेन्नई तेस्रो स्थानमा उक्लियो, प्लेअफको सम्भावना बढायो ★   बर्खास्तीमा परेको साढे सात वर्षपछि सार्वजनिक कार्यक्रममा देखिए पूर्वअख्तियार प्रमुख कार्की ★   सर्वोच्चको फैसलाले इन्टरनेट सेवा प्रदायकबाट राजश्व असुलीको बाटो खुल्यो ★   टीकापुरस्थित तीस बिगहा सरकारी जग्गा हिनामिना प्रकरणको कीर्तेतर्फ पनि अनुसन्धान सुरु ★   नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु ★   जीवि राईलाई सरकारले भगाएको भन्ने कुतर्क कसैले पनि गर्न हुँदैन: प्रधानमन्त्री ★   संसदको गतिरोध अन्त्यका लागि सभामुख–प्रमुख सचेतकबीचको छलफल निष्कर्षबिहीन

माधव नेपालले मान्छेलाई भ्रममा पारेर अल्मल्याइरहेका छन्ः अध्यक्ष ओली



काठमाडौँ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मान्छेहरुलाई अल्मल्याइरहेको आक्षेप लगाउनुभएको छ ।

मंगलवार नेकपा(एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रिय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमाले पार्टी प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माधव नेपालले मान्छेहरुलाई भ्रम दिएर झुक्याएको पनि बताउनु भयो । उहाँले अध्यक्ष नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर अल्मल्याएको समेत बताउनु भयो ।

उहाँले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजसरम नभएको भन्दै नेपाललाई अधर्मी र अपराधिक मनोवृत्ति भएको व्यक्तिको रुपमा टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले तत्कालिन महाकाली सन्धीको बिरोधमा पार्टी फुटाउनेहरु सो इस्युलाई त्यहीँ छाडेर पुनः एमाले प्रवेश गर्नुपरेको विगतको इतिहास रहेको पनि उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘एकपल्ट लौ न महाकाली बेचे, खत्तम पारे, गयो महाकाली, भारत पुग्यो भने । महाकाली अहिले पनि उतै बग्दैछ । पहिले पनि उतै बग्दै थियो । हामीले खालि बिग्रिएको सन्धि सच्याउन खोजेका थियौँ । सच्यायौँ । त्यत्ति हो । त्यो सन्धि सच्चिएपछि रुवावासि, आफ्नै कपाल तानेका छन्, रोएका छन् । लौ न नि भनेका छन् । उफ्रिएका छन् । मडारिएका छन् । हातखुट्टा बजारेका छन् । अनेक तमासा देखियो । देशको माया केही मान्छेहरुलाई नाटकीय ढंगले नै लाग्यो । अचम्मैसँग लाग्यो त्यतिखेर देशको माया । नक्कली ढंगले लाग्यो र पार्टी फुटाए ।

देशको माया लाग्ने भए पार्टी एकजुट बनाउनुपर्छ कि पार्टी फुटाउनुपर्छ ? देशको माया लाग्दा पार्टी फुटाउने हो त ? होइन नि । पार्टी त एकजुट पो बनाएर जानुपर्छ त । त्यो साथीहरुले देख्नुभएको छ । भोग्नुभएको छ । त्यो नक्कली कुरा थियो । कता गयो त महाकालीको इस्यु पछि ? त्यस इस्युमा के भयो त ? त्यो त गलत बुझिएको रहेछ ।

आफ्नो सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउने प्रश्ताव लिएर, अदालत गएर, मलाई मुद्दा जिताइदिनु पर्यो भनेर अदालतमा जाने अनि दक्षिणपन्थी सरकार बनाएर आफ्नो सरकार ढालेर कति अधर्मी, कति अपराधिक मनोवृत्ति होला ? होइन भने त त्यस्तो मान्छे त सुकेरै मथ्र्यो । तर पनि ति मान्छेहरु त केही नि जस्तो छैन । उल्टै लाज पनि छैन । सरम पनि छैन । माधव नेपाल हेर्नुस् त, मान्छेलाई अल्मल्याएको छ । भ्रम दिएको छ । झुक्याएको छ । जनताकोमा गएर फ्रि भिसा टिकट मिलि, फ्रि का मतलव बिना ढेउवा, जनता अल्मल्याएको छ । झुक्याएको छ सबतिर ।’

उहाँले माधव नेपालले बिजनेशका लागि राजनीति गरेको टिप्पणी पनि गर्नुभयो ।