• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

यदी ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने अनौठो नमान्नुहोला: प्रधानमन्त्री ओली (भिडियो सहित)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन् । सोमबार पोखरामा आयोजिक एक शभामा बेल्दै प्रधानमन्त्री ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका हुन् । 

‘सही ढंगले सरकारको नेतृत्व गरेको हुनाले, ममाथि प्रहार भइरहेको छ ।  अत्यन्त तिव्र प्रहार भएको छ,’ ममाथि शारीरिक हमला भयो भने पनि तपाइँहरू अन्यथा नलिनु होला । तर, त्यस्तो हुन दिँदैन । म रहिन भने पनि पार्टी छ । नेतृत्व छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा जान दिन हुँदैन ।’ 

उनले आफूहरुले देशको भौगोलिक अखण्डतालाई माया गर्ने बताउँदै राष्ट्रिय हितको रक्षा गर्ने बताएका हुन्।

‘हामी हाम्रो देशलाई साँच्चै नै माया गर्छौँ । देशको भौगोलिक अखण्डतालाई माया गर्छौँ , त्यसको रक्षा गर्छौ, राष्ट्रिय हितहरुको रक्षा गर्छौ । राष्ट्रियताको सवालमा हामी सार्वभौमिकता, स्वाधीनता, राष्ट्रिय अखण्डताको हामी दृढताका साथ रक्षा गर्छौ’, ओलीको भनाइ छ । 

तर, राष्ट्रियताको सवालमा आफूहरु एकजुट हुन खोज्दा केही देशका श​त्रुहरु यसविरुद्ध लागिपरेको टिप्पणी गर्दै ओलीले उनीहरुले जनताबीचको एकता र उन्नती देख्न नचाहेको बताए ।  यद्यपी ओलीले राष्ट्रका ती श​त्रुहरु को हुन् भन्नेबारे भने ओलीले केही खुलाएनन् ।