• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

अयोध्या राम मन्दिरमा भक्तजनको बाक्लो आगमन जारी



अयोध्या ।मङ्गलबार भगवान रामको दर्शन गर्न अयोध्याको राम मन्दिरमा ठूलो सङ्ख्यामा भक्तजनको भीड लागेको छ ।

अहमदाबाद निवासी कीर्ति आचार्य नामका भक्तले एउटा अदभूत सनातन र अनन्त मूल्यमान्यताको विजयको प्रतिकका रूपमा पाँच सय वर्षपछि भव्य मन्दिर निर्माण भएको बताउदै आँखाबाट आँसु झार्नुभयो । मन्दिर निर्माण पछि भगवान राम नै यहाँ आएको विश्वास व्यक्त गर्दै आचार्यले अव यहाँका स्थानीयलाई अपार आनन्द मिल्ने बताउनुभयो ।

यसै सन्दर्भमा अर्का जना भक्तले अयोध्या आएर आफ्नो यात्रा पूरा भएको छ बताउनुभयो । भगवान श्रीरामको आगमनको प्रतिक्षामा अयोध्याको भौगोलिक क्षेत्रलाई सुन्दररुपले तरिकाले सजाइएको छ । मन्दिरको जटिल काम पनि असाधारणरूपमा सुन्दर छ । भारत बाहिरबाट आएका मानिसका लागि कुनै कठिनाई नभई सबै कुराको व्यवस्थापन छ ।

विद्यार्थीसँगै आएका लखनऊका एकजना शिक्षकले आपूmहरु एउटा प्रतियोगिताका लागि अयोध्या आएको बताउँदै यहाँ आइपुगेपछि आपूmले राम मन्दिर पनि भ्रमण गरेको बताउनुभयो । मन्दिर देखेर अद्भुत महसुस गरेको बताउनुभयो । ठुलो सङ्घर्षपछि मन्दिर निर्माण सम्भव भएपछि मन्दिर परिसरमा आउँदा खुशी र सफलता हासिल गरेको अनुभव भएको उहाँको भनाइ छ । मन्दिर निर्माण सँगसँगै अयोध्यामा पनि उल्लेखनीय विकास स्वरुप सडक निर्माण गरिएको ती शिक्षकको भनाइ छ ।

परिणाम स्वरुप पर्यटकीय वातावरण पनि वृद्धि भएकाले चारैतिरबाट पर्यटकहरू निरन्तर आइरहेको उहाँले बताउनुभयो । यसअघि अमिताभ बच्चनले शुक्रबार मन्दिरको भव्य उद्घाटनमा छोरा अभिषेक बच्चनसहित राम लल्लाको पूजा गर्नुभएको थियो ।

बुधबार सुरिनामको प्रतिनिधिमण्डलले अयोध्याको भ्रमण गरेको थियो । सुरिनामको राष्ट्रियसभाका अध्यक्ष मारिनस बीको नेतृत्वमा प्रतिनिधिमण्डल बुधबार अयोध्या पुगि आध्यात्मिक र सांस्कृतिक गतिविधिसहित राम लल्लाको मूर्तिको पूजा गरेको थियो ।

मुख्यमन्त्री पेमा खान्डुको नेतृत्वमा अरुणाचल प्रदेशको मन्त्रिपरिषद्ले अयोध्यामा राम मन्दिरको भ्रमण गरेको थियो । उत्तर प्रदेशका मुख्यमन्त्रीको कार्यालयअनुसार भगवान राम लल्लाको प्राण प्रतिष्ठापछि राम लल्लाको दर्शन र पूजा गर्ने अरुणाचल प्रदेशबाट आएका तिनीहरू पहिलो राजनीतिक प्रतिनिधिमण्डल थिए ।

जनवरी २२ मा मन्दिरमा श्री राम लल्लाको ‘प्राण प्रतिष्ठा’ सम्पन्न भएको थियो । जसमा प्रधानमन्त्री नरेन्द्र मोदीले पुजारीको नेतृत्वमा अनुष्ठान गर्नुभएको थियो ।