३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्धमा सहभागी नेता/कार्यकर्ता एक हौँ: अध्यक्ष दाहाल (भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धमा सहभागी नेता कार्यकर्ताहरु एउटै केन्द्रमा एकतावद्ध हुनुको विकल्प नरहेको बताउनुभएको छ ।

मंगलवारबाट काठमाडौंमा शुरु भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकतावद्ध हुनुपर्ने बताउनु भयो । उहाँले सच्चा कम्युनिष्टहरु एकतावद्ध हुन जति ढिलो हुन्छ त्यति नै धेरै अहिलेको राजनीति परिवर्तनमा घाटा हुने बताउनु भयो ।

उहाँले आफूबाट भएका कमी, कमजोरीलाई आत्मालोचना र समीक्षा गरेर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले कम्युनिष्टहरुले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको नयाँ लहर श्रृष्टि गर्न सकिने जिकिर गर्नुभयो । उहाँले क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्नेहरुको प्रतिवाद गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष दाहालले सामाजिक रुपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरुलाई अपमान गर्ने छुट कसैलाई नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामी यो २९ औं दिवस मनाउँदै गर्दा हामीले आज यो राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको हलमा बसेर जनयुद्ध दिवस मनाउँदै छौँ । अर्कोतिर हिजोका राजा महाराजा र तिनका भरौटे भन्छु म । तिनीहरु बाहिर गणतन्त्रका बिरुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रकाबिरुद्ध दु:शाहसपूर्ण ढंगका गतिविधि गर्ने जमर्को गर्दैछन् । हामी ठिक त्यस्तो बेलामा जनयुद्धको यो २९ औं दिवस मनाउँदै छौँ । एक पटक फेरि हामी जाग्नुपर्ने, एक पटक एकतावद्ध हुनुपर्ने र दृढताकासाथ यसलाई अपमानित गर्न खोज्ने ती महिला, दलित, जसले जनयुद्धमा अभुतपूर्व इतिहास कायम गरे । रेकर्ड बनाए । र अहिले समावेशि र समानुपातिकताको एउटा चरणको पहिचान र अभ्यास गर्दैछन् । हामीले एउटा नयाँ संकल्प लिनुछ । त्यो दु:शाहस गर्नेकाबिरुद्ध प्रतिवाद गर्नुछ । उनीहरुलाई त्यो छुट छैन ।’

‘सचेत रुपले सामाजिक रुपान्तरण र क्रान्तिका निम्ति बलिदान गर्ने योद्धाहरुलाई अपमान गर्ने तिनीहरुलाई कुनै अधिकार छैन । त्यो घोषणा हामीले गर्नुछ । हामी एक भएर जाँदा त्यसलाई रोक्न सकिन्छ । हामीलाई पहिला पनि सखाप पार्न खोजेका थिए, भएनौँ । अहिले हामीलाई जसरी आरोपित गर्ने एउटा भाष्य बनाउन खोजिएको छ, क्रान्ति र क्रान्तिकारी परिवर्तनलाई अपमानित गर्ने त्यसको प्रतिवाद गर्नैपर्छ । आजको दिन माओवादी जनयुद्धका सहभागी सम्पूर्ण नेता कार्यकर्ताहरुलाई अब ढिलो नगरी हामी एउटै मोर्चा र केन्द्रमा एकतावद्ध हुन अपिल गर्दछु । ढिलो नगरौँ । जति ढिलो गर्‍यौँ त्यति ठूलो क्षति र यो राजनीति परिवर्तनको त्यति ठूलो घाटा हुनसक्छ । त्यसकारण आउनुस्, बसौँ । समीक्षा गरौँ । कहाँ कमी भए, खुला कम्युनिष्ट मनले आत्मालोचना गरौँ । हामीले आँट गर्दा र एक हुँदा समाजवादी क्रान्तिको एउटा नयाँ लहर श्रृष्टि गर्न सकिन्छ ।’

अध्यक्ष दाहालले समाजवादको नयाँ अभियान शुरु गर्ने जमर्को गरिरहेको बताउनु भयो । सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा समाजवादको भ्रुण रोप्ने अभियान रहेको बताउनु भयो ।