• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सहकारीसँग बाझिएका ऐन, कानुन संशोधन गर्ने तयारी : वनमन्त्री आले



काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारीसँग बाझिएका ऐन, कानुन संशोधन  गर्ने तयारी भै रहेको बताउनु भएको छ । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमा युवा समावेशिता’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै मन्त्री आलेले  सहकारी व्यवसाय सहज बनाउन बाधक देखिएका ४७ वटा ऐन संशोधन गर्न सरकारले सहजीकरण गर्ने जानकारी दिनुभयो । 

मन्त्री आलेले वन क्षेत्रको सदुपयोग गर्दै सहकारीमार्फत रोजगारी सिर्जना र उत्पादन वृद्वि हुने कार्यक्रम ल्याउने तयारी भै रहेको बताउनु भयो । उहाले भन्नुभयो  मन्त्रालयले ३५ जिल्लामा ओपन वाईल्ड  लाइफ कार्यक्रम ल्याउन गृहकार्य गरिरहेको छ ।  कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशवप्रसाद बडालले सहकारीले व्यवसायिकतामा जान अठोट गरे गरिबी निवारण हुनुका साथै निर्यात समेत गर्न सकिने दाबी गर्नुभयो।

यसै गरी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीमार्फत गरिबी न्यूनिकरण गर्दै दिगो विकास लक्ष्य प्राप्ति गर्न संभव रहेको बताउनु भयो  । दुई दिन सम्म सञ्चालन हुने राष्ट्रिय गोष्ठीमामा बोल्दै राष्ट्रिय सहकारी महासंघका युवा समन्वय उपसमितिका संयोजक सागर ढकालले सरकारले तीन खम्बे अर्थनीतिमा सहकारीलाई स्वीकारेपनि सहकारीमार्फत रोजगारी सिर्जना गर्न कठिन रहेको भन्दै त्यसको सहजिकरणका लागि सरकारलाई आग्रह गर्नुभयो ।