२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ: प्रधानमन्त्री



file photo
अ+ अ-

काठमडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमँ आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनयुद्धको २९ औं वार्षिकोत्सव रहेको बताउनु भयो । उहाँले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताउनु भयो । उहाँले अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज फाल्गुण १ गते महान जनयुद्धको २९ औं वार्षिकोत्सव । यो ऐतिहासिक अवसर पारेर जनयुद्ध कालमा बढो कठिन जटिल र चुनौतिमा पनि जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारी बोध गरेर ६ वटा पुस्तक विमोचन भएका छन् । अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा छ । आज रामलल्लाको बारेमा त निकै धेरै चर्चा छ । यो ऐतिहासिक दिनको ऐतिहासिक सम्बोधन गर्नुभएको छ ।’

अध्यक्ष दाहालले पार्टीको विधान अधिवेशनमा जनयुद्धको बारेमा चर्चा गर्ने बताउनु भयो ।