• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo

सरकारले चालू आर्थिक वर्षको बजेटबाट २ खर्ब घटायो



काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ । अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको जानकारी दिएको हो ।

चालू आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । उक्त बजेटलाई संशोधन गरी १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।

यस्तै, अर्थमन्त्री महतले देशको अर्थतन्त्र सुधारात्मक स्थितिमा रहेको बताएका छन् । बैंकको ब्याजदर घट्दो अवस्थामा रहेको र रेमिट्यान्सको बढ्दो क्रम र विदेशी पर्यटकको आगमनले देशको अर्थतन्त्र सुधारको गतिमा रहेको उनले बताए ।

‘यो सुधारको सङ्केत हो । गत वर्षको तुलनामा हामी धेरै नै माथि पुगेका छौँ । अर्थतन्त्रमा देखिएको सुधारको गति सुखद हो ।’, अर्थमन्त्री महतले भने, ‘ कर्जा प्रवाह हुन नसक्दा हामी सबैको चिन्ताको विषय थियो । अहिले कर्जा प्रवाह २ प्रतिशतभन्दा धेरैले बढेको छ । अब अर्थतन्त्रमा बिस्तारै लय आइरहेको छ ।’