• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

कोशीमा कांग्रेसले दिएको धोकाले गठबन्धनबारे सोच्ने ठाउँमा पुर्‍यायो: प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा सत्ता साझेदार दल नेपाली कांग्रेसबाट धोका भएको बताएका छन् ।

सोमबार पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा उनले कांग्रेसबाट भएको धोकालाई गम्भिर रूपमा लिएको बताएका हुन् ।

बैठकमा प्रचण्डले व्यक्त गरेको भनाइबारे एक नेताले भने, ‘कोशीमा कांग्रेसले दिएको धोकाले गम्भीर बनाएको छ । यसले गठबन्धनमा सोच्नुपर्ने ठाउँमा हामीलाई पुर्‍याएको छ । यसको अर्थ अहिले नै गठबन्धन टुट्छ भन्ने होइन ।’

प्रचण्डलेले कांग्रेससँगको सहकार्यमा प्रश्न उठाउँदै अब एक्लै चुनाव जित्ने गरी पार्टी निर्माण गर्ने अभियानमा लाग्नुपर्ने बताए ।