• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

क्यानडाविरूद्ध नेपाललाई पेनाल्टीबाट ५ रन



काठमाडौँ । तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले क्यानडाले प्रस्तुत गरेको २३३ रनको लक्ष्य पछ्याउँदै अहिले ब्याटिङ गरिरहेको छ ।

नेपालका अनिल शाह र भीम सार्की क्रिजमा छन् । अनिलले अर्धशतक बनाइसकेका छन् ।

यसैबीच खेलमा नेपालले पेनाल्टीबाट पाँच रन पायो । क्यानडाका कप्तान शाद बीन जाफरले ब्याटिङका क्रममा पिचमा कुदेपछि नेपाललाई पाँच रन पेनाल्टीमार्फत दिइएको हो ।

क्रिकेटको नियमअनुसार ब्याटरले पिचमा टेकेपछि सुरुमा अम्पायरबाट चेतावनी पाउँछन् । त्यसपछि पनि पिचमा टेकेमा फिल्डिङ टिमलाई पाँच रन पेनाल्टी स्वरुप दिइन्छ ।

यहिँ निमयअनुसार जाफरले अन्तिम बलमा रन लिने क्रममा पिचमा कुदेका कारण नेपालले पेनाल्टी रन पाएको हो ।

जाफरका कारण नेपालले ब्याटिङ थाल्नुअघि नै पाँच रन प्राप्त गरेको थियो ।