३० माघ २०८१, बुधबार
,
Latest
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ निजी क्षेत्रको लगानी सुरक्षा गर्नको लागि सरकार प्रतिवद्ध छः वनमन्त्री ठकुरी गायक रामकृष्ण ढकाल चलचित्र निर्माणमा, ‘मालती मङ्गले’ घोषणा कार्यक्षमता बढाउन मातहतका विभाग र निकायलाई सञ्चारमन्त्री गुरूङको निर्देशन लोसपाले पनि भूमिसम्बन्धी अध्यादेशमा समर्थन नगर्ने पार्टी फुटाउने आवश्यकता र सौख छैनः प्रधानमन्त्री ओली माओवादी लक्षित ओलीको टिप्पणीः अगतिला तत्वलाई बोकेर पार लाग्दैन ग्यास उद्योगीको आन्दोलन स्थगन मेलम्ची खानेपानीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न–फोटोफिचर ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द पोएट आइडल’ सिजन २ आजदेखी



अ+ अ-

काठमाडौँ । टेलिभिजन रियालिटी शो ‘द पोएट आइडल’ सिजन २ आजदेखी (सोमबार) प्रसारणमा आउने भएको छ । शो प्रत्येक सोमबार र मंगलबार हिमालय टेलिभिजन र ओएसआर रियालिटी युट्युव च्यानलमा राती ९ बजे प्रसारण हुने छ ।

शोको यसपटकको दोस्रो सिजनमा अभिनेत्री केकी अधिकारी निर्णायक मण्डलमा भित्रिएकी छिन् । साथै, अन्य निर्णायकहरु पहिलो सिजनकै दोहोरिनेछन् । निर्णायकहरुमा केकीसँगै विप्लब प्रतिक, उपेन्द्र सुब्बा र अनुप बराल रहनेछन् भने होस्टको रुपमा दिव्यदेव नै रहनेछन् ।

शो को मुख्य प्रायोजक वात्सल्य नेचुरल आईभीएफ रहने भएको छ । शोको कुल एपिसोड ग्र्याण्ड फिनालेलाई छाडेर ३० हुने बताइएको छ ।

शोको बिजेतालाई नगद १० लाख रुपैंया सहित एक पुस्तक सार्वजनिक गरिदिने आयोजकले जनाएको छ ।