• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   बेनी–जोमसोम–कोरला सडकको तिप्ल्याङ खण्ड स्तरोन्नति गरिँदै ★   कृषि विकास सहकारीका सञ्चालक तेज विक्रम थापासहित ४ जना पक्राउ ★   चितवनमा पेस्तोल देखाएर सुनचाँदी र नगद लुटपाट ★   अस्ट्रेलियासँग स्कटल्यान्ड ५ विकेटले पराजित, इंग्ल्यान्ड सुपर आठमा ★   तनहुँको ढाँडखोला निबुस्वाँरामा झोलुङ्गे पुल निर्माण हुँदै ★   नेपालमा भएका अवसरमा मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान ★   प्रधानमन्त्री दाहालले सम्झिए शहीद रीतबहादुर खड्काको योगदान ★   बेनी–पाखापानी सडक स्तरोन्नति सुरु ★   काठमाडौंमा आजदेखि दैनिक ४ घण्टा विजुली जाने ★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने

७ महिनाको ब्रेकपछि काममा फर्किइन् सामन्था



एजेन्सी । साउथकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु ७ महिनाको ब्रेकपछि काममा फर्किएकी छन् । सामन्थाले आफ्नो पुनरागमनको घोषणा गर्दै एक भिडियो सेयर गरेकी छिन् । उनले अब स्वास्थ्य पोडकास्टमा काम गर्ने बताइन् ।

३६ वर्षीया अभिनेत्रीले आइतबार सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी हुन् । यसमा उनले भनिन्, ‘हो, म काममा ढिलो भएँ । अन्ततः। म धेरै दिनदेखि पूर्ण बेरोजगार थिएँ । अब म मेरो एक साथीसँग रमाइलो गर्न जाँदैछु । यो एक स्वास्थ्य पोडकास्ट हुनेछ । यो मलाई साँच्चै मनपर्ने कुरा हो । अर्को हप्ता रिलिज हुन लागेकोले म धेरै भावुक र उत्साहित छु । मलाई आशा छ कि तपाईं मध्ये केहि यसलाई धेरै उपयोगी पाउनुहुनेछ । मलाई यसमा काम गर्न निकै रमाइलो लागेको छ ।’

सामन्थाले २०२२ मा आफू अटो इम्युन कन्डिसन (मायोसाइटिस) बाट पीडित भएको र त्यसपछि उपचारका लागि कामबाट विश्राम लिएकी थिइन् । सामन्थाको पछिल्लो रिलिज फिल्म ‘खुशी’ थियो जसमा उनी विजय देवरकोंडाको अपोजिट देखिएकी थिइन् ।

सामन्था अब वरुण धवनसँग वेब सिरिज ‘सिटाडेल’ मा देखिनेछिन् । ब्रेकमा जानुअघि सामन्थाले गत वर्ष जुलाईसम्म यो वेब सिरिजको सुटिङ पनि गरिरहेकी थिइन् । हालै उनले आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै निर्माताहरुले उनलाई र वरुणलाई यो शोको पहिलो झलक देखाएको बताएका थिए । यस सिरिज बाहेक सामन्थाले ‘चेन्नई स्टोरीज’ पनि साइन गरेकी छिन् जुन उनको पहिलो विदेशी फिल्म हुनेछ ।