११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहले पनि वार्ता टोली सार्वजनिक गर्दै , सरकार प्रतिबन्ध हटाउने तयारीमा



अ+ अ-

काठमाडौ  । सरकारले वार्ता समिति गठन गरे लगत्तै  प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि आजै वार्ता समिति सार्वजनिक गर्ने भएको छ । सरकारले पहिला बार्ता टोली सार्बजनिक गरेपछि  आफुहरुले पनि टोली सार्बजनिक गर्ने जानकारी विप्लव समूहले गराएको थियो । 

यसै बीच सरकारका प्रबक्ता मन्त्री पार्बत गुरुङ्गले समस्या समाधानका लागि सकारात्मक पहल भै रहेको भन्दै  विप्लव समूह माथी लागेको प्रतिबन्ध पनि हट्ने जानकारी दिनुभयो । उहाले भन्नुभयो  ‘यो सबै वार्तामार्फत नै टुंगिन्छ, ‘कसरी जाने, के गर्ने ? उहाँलाई लागेको मुद्दा होस्। उहाँको हतियारको कुरा होस्। यी सबैलाई अन्तिम प्रक्रियामा पुर्‍याउनका निम्ति वार्ता टोली गठन गरिएको हो । 

वार्ताभन्दा अघि नै सबै कुरा गर्ने हो भने वार्ताको औचित्य नै समाप्त हुन्छ ।’प्रतिबन्ध हटे लगत्तै विप्लव समूहले राजधानीका  औपचारिक कार्यक्रम गर्ने तयारी गरेको छ ।