• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

सभामुख सापकोटा र अध्यक्ष  प्रचण्डबीच छलफल



काठमाडौ  । सभामुख अग्निप्रसाद सापकोटा र नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । सभामुख सापकोटालाई भेट्न अध्यक्ष दाहाल अर्का नेता जनार्दन शर्मालाई साथमा लिएर  बिहान नै बजे सभामुख निबास लाजिम्पाट पुग्नु भएको  थियो । 

प्रतितिधिशभाको बैठक सुरु हुन केही दिन बाँकि रहदा उहाँहरु बीच भेटवार्ता भएको हो । सर्वोच्च अदालतको आदेशपछि विघटित प्रतिनिधिसभाको अधिवेशन आगामी आइतबारदेखि शुरु हुँदैछ । 

सत्तारुढदल नै अनौपचारिक रुपमा बिभाजन भएको अबस्था यो पटक प्रतिनिधिशभाको बैठक बस्न लागेको छ । दाहाल–नेपाल समुहले प्रधानमन्त्रीबाट केपि ओलीलाई हटाउनका लागि सब राजनीतिक अस्त्रहरु प्रयोग गर्ने रणनीतिमा रहेको छ भने उहाहरुको अस्त्र रोक्न ओलीले पनि सबै उपायहरु अबलम्बन गर्दे आउनु भएको छ ।