काठमाडौं । सरकारसँग वार्ता गर्न नेत्र विक्रम चन्द विप्लव समूहले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को संयोजकत्वमा दुई–सदस्यीय वार्ता टोली गरेको छ।
सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता 'प्रकाण्ड' र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको हो ।
पूर्वमन्त्री समेत रहेका प्रकाण्ड विप्लव समूहका वरिष्ठ नेता हुन्। चलाउने विप्लवका विश्वासपात्र मानिन्छन् ।
सरकारले आज मंगलबार गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई–सदस्यीय वार्ता टोली गठन गरेको छ।
‘हामी पनि प्रकाण्डको नेतृत्वमा गठन गरिएको वार्ता टोलीको विवरण केहिबेरमा सार्वजनिक गर्दैैछौं,’ सो समूहका एक नेताले भने। अन्य सदस्यबारे उनले अहिले नै केहि बताउन चाहेनन्।
हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।