• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

कस्तो छ आजको मौसम ?



काठमाडौं । तपाईं हामी कतै जान खोज्दै छौं भने पक्कै पनि मौसमबारे जानकारी लिन चाहन्छौं । आज देशका अधिकांश स्थानको मौसम सामान्यत: सफा रहने छ ।

पश्चिमी वायुको आंशिक प्रभावका कारण आज गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली भए पनि ठूलो पानी पर्ने सम्भावना छैन । बाँकी भूभागमा मौसम सफा रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना भने छ ।