११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही थान सिटामोल बाँडेर राज्यलाई गाली नगर्न प्रसाईको डाक्टर केसीलाई चेतावनी



अ+ अ-

झापा । व्यवसायी दुर्गा प्रसाईले केही थान सिटामोल बाँडेर राज्यलाई गाली नगर्न प्राध्यापक डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन्। मंगलबार पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका क्रममा सम्बोधन गर्दै प्रसाले सिटामोल बाँडेर गाली गर्दैमा राज्यप्रति हाम्रो दायित्व पूरा हुने नहुने बताएका हुन् । 

'सरकारी हण्डी खाएर केही झोला औषधि बोकेर सिटामोल बाँड्दैमा राज्यलाई धम्की दिएर हुँदैछ', उनले भने, 'यसरी सिटामोल बाँडेर गाली गर्दैमा मात्रै राज्यप्रति हाम्रो दायित्व पूरा हुने छैन'

नेपालमा गतिलो क्यान्सर अस्पताल नभएकोमा उनले दुस्ख लागेको बताए। 'दुस्ख र पीडाबोध त मलाई तब भयो जब क्यान्सरको गतिलो अस्पताल छैन।'

दिल्लीदेखि सिंगापुरसम्म पुगेर दक्षिण एसियाकै उत्कृष्ट अस्पताल बनाउन सकौँ भनेको थिएँ। त्यही सपना र संकल्पको परिणाम आज यो अस्पताल आएको छु, उनले भने, 'करिब ६ सय करोडको लगानीमा क्यान्सर अस्पताल उद्घाटन हुँदैछ। क्यान्सरको उपचारका लागि कसैले विदेश धाउनुपर्ने छैन। आमजनताको चिन्ता स्वभाविक र गुनासो जायज छ। साधारण रुघाखोकी र ज्वरो आउँदा पनि नेताहरु विदेश धाउने गुनासो अब हुने छैन।'