• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन, हटाएर त देखाउनुहोस् : ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाउन चुनौती दिएका छन्। मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै उनले भने ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’

तर अहिले पनि आफूलाई हटाउन सजिलो नभएको प्रधानमन्त्री ओलीले बताए । अहिले कसैले हटाउन सके आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किने दाबी गरे।

‘डेढ-दुई वर्षमा त चुनाव होला, दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किन्छु,’ ओलीले भने, ‘त्यो कुरा म नेपाली जनतासँग आग्रह गर्न चाहन्छु।’

ओलीले देश बनाउनु छ, बिग्रन दिनु हुँदैन भन्दै नेपाली जनताका लागि ‘कम्फरटेबल’ सरकार चाहिएको बताए।