• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै ★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने

तीन जनालाई त्रिमूर्ति पुरस्कार



काठमाडौं । त्रिमूर्ति निकेतनले सत्रौँ त्रिमूर्ति दिवस नाट्यसम्राट् बालकृष्ण समको १२२ ओैँ जयन्तीका अवसर पारेर मनायो । उक्त अवसरमा तीन जना महानुभावलाई त्रिमूर्ति निकेतनका विविध विधाका पुरस्कार प्रदान गरियो ।

त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा।केशव सुवेदी, बालकृष्ण सम फाउन्डेशनका संयोजक मदनदास श्रेष्ठ र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा।महादेव अवस्थीले प्रा।मुकुन्दशरण उपाध्याय, श्री हरिबहादुर थापा र श्री जयप्रसाद पाण्डेलाई पुरस्कार प्रदान गर्नुभयो ।

छ दशकदेखि नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रही शास्त्रीय छन्दकविताको सिर्जना एवम् छन्दकाव्यको प्रचार प्रसार अभियानमा समेत संलग्न भई विशिष्ट योगदानका निम्ति प्रा।मुकुन्दशरण उपाध्यायलाई ‘लेखनाथ पौड्याल पुरस्कार’ प्रदान भयो ।

त्यसै गरी नेपाली नाट्यविधाको श्रीवृद्धिमा निरन्तर समर्पित रही अभिनयकलाको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्याउन विशिष्ट योगदानका निम्ति श्री हरिबहादुर थापालाई ‘बालकृष्ण सम पुरस्कार’ प्रदान गरियो ।

विगत छ दशकदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको संवर्द्धन एवम् महाकवि लक्ष्मीप्रसाद देवकोटाका अप्रकाशित कृतिको सम्पादनसमेत गरी प्रकाशन गरेबापत श्री जयप्रसाद पाण्डेलाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गरियो ।

ताम्रपत्रका साथै यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन् ।

त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु प्रा।मुकुन्दशरण उपाध्याय, श्री हरिबहादुर थापा, श्री जयप्रसाद पाण्डे तथा त्रिमूर्ति निकेतनका कार्यक्रम संयोजक यादव भट्टराई र सदस्यसचिव नरेन्द्रराज प्रसाईले आआफ्नो मन्तव्य प्रकट गर्नुभयो ।