• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

कार्तिक आर्यनलाई भेट्न साइकल चढेर ११ सय ६० किलोमिटर यात्रा गरेपछि…



एजेन्सी । कार्तिक आर्यन बलिउडका चर्चित स्टार हुन् । अभिनेताको फ्यान फलोइङ पनि अचम्मको छ । कार्तिक आर्यनको एउटा भिडियो इन्टरनेटमा तिब्र रुपमा भाइरल भइरहेको देखिन्छ ।

भिडियोमा अभिनेता झाँसीका एक फ्यानलाई भेटिरहेको देखिन्छ । अचम्मको कुरा के छ भने ती फ्यानले कार्तिक आर्यनलाई भेट्न साइकलमा ११६० किलोमिटर यात्रा गरेका छन् ।

फ्यान साइकलमा कार्तिक आर्यनलाई भेट्न आइपुगे । कार्तिकलाई देख्नेबित्तिकै उनले अभिनेताको खुट्टा छोए । कार्तिकले ती युवकसँग कुरा गरे । कार्तिकले सोधे साइकलबाट मुम्बई पुग्न कति दिन लाग्यो ? युवक भन्छन् ९ दिन ।

यो सुनेर कार्तिक छक्क परे । अभिनेताले फ्यानसँग फोटो खिचेका छन् । फ्यानले भने कि उनी अभिनेतालाई भेट्न फेब्रुअरी १ ​​मा साइकलमा घरबाट निस्किएका थिए । फ्यानको साइकलको तारिफ गर्दै कार्तिकले भने – तपाईको साइकलले निकै राम्रो औसत दिइरहेको छ ।’

कार्तिक आर्यनको फिल्म ‘चन्दु च्याम्पियन’ स्पोर्ट्स बायोपिक हो । यो फिल्म प्याराओलम्पिकमा स्वर्ण पदक जित्ने मुरलिकान्त पेटकरमा आधारित छ । कबीर खानको निर्देशनमा बनेको यो फिल्म १४ जुनमा हलमा रिलिज हुँदैछ ।