२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग एमाले सांसद राईको माग: महालेखापरीक्षक चाँडो नियुक्त गरियोस्



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले महालेखापरीक्षक तत्काल नियुक्त गर्न सरकारसँग माग गर्नुभएको छ ।

मुलुकमा सुशासनको कामलाई व्यवस्थित गराउन सरकारले महालेखापरीक्षकको नियुक्ति गर्ने काममा ढिलाई गर्न नहुने उहाँको भनाई थियो । आईतवार राष्ट्रिय सभा बैठकमा बोल्दै सासद राईले बेरुजु फस्र्यौट गर्नका लागि पनि सरकारले महालेखापरीक्षक नियुक्ति चाँडो भन्दा चाँडो गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँले संघीय निजामती सेवा ऐन छिटो संसदमा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो । सुशासनको पाटोमा सहज ढंगले काम गर्न पनि सरकारले सो विधेयक संसदमा ल्याउन ढिलाई गर्न नहुने सांसद राईले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीय निजामती सेवा ऐन आजसम्म आउन सकेको छैन । सुशासन दिनका लागि यो संघीय निजामती सेवा ऐन नआउँदाखेरी सुशासनको पाटोमा कर्मचारीहरुलाई ठिक ढंगले चलाउन सकिएको छैन । जनता सेवा प्राप्त गर्नबाट विमुख भएका छन् । सरकारको काममा गतिमा पनि यो संघीय निजामती सेवा ऐन नबनिरहँदाखेरी अवरोध पैदा भएको छ । सरकारले संघीय निजामती सेवा ऐन चाँडो ल्याओस् । र यसलाई सरकारी कामकाजको दौरानमा सहजता प्रदान गरोस् ।’

‘त्यसैगरी सुशासनकै कुरा गरिरहँदाखेरी आज महालेखा परीक्षक रिक्त भएको नौ महिना बित्न लाग्यो । महालेखा परीक्षक आजको मितिमा पनि कामुबाट चलाइएको छ । हामीले सबैले सुनेका छौं । बेरुजु बढेको छ । त्यहाँ भित्र असुल गर्नुपर्ने बेरुजुको अंक पनि छ । त्यो अंक झन्डै २७ अर्बको हाराहारीमा छ । त्यो २७ अर्व असुल गर्नुपर्ने बेरुजु असुल गर्ने हो भने पनि हामो पूर्वाधार विकास निर्माणका लागि सहयोग नै हुन्थ्यो होला । पैसा भएन भनेर रोईकराई गर्नुपर्ने थिएन होला । यो पाटोमा पनि सरकारले ध्यान दिएन भन्ने मेरो भनाई थियो । र सुशासनलाई व्यवस्थित गर्ने हो भने त्यो महालेखापरीक्षक नौ महिनासम्म कामुबाट चलाउने काम गर्दैनथ्यो । म आग्रह गर्दछु–महालेखा परीक्षक चाँडो नियुक्त गरियोस् ।’

सांसद राईले संघीय निजामती सेवा ऐनको अभावमा कर्मचारी व्यवस्थापनको काममा समेत समस्या रहेको दोहोर्‍याउनु भयो ।




भर्खरै