• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

लेभरकुसेनको अपराजित यात्रा कायमै, बायर्नलाई ३–० गोलले हरायो



काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर लेभरकुसनको अपराजित यात्रा कायमै छ । उसले गएराति बायर्न म्युनिखलाई पराजित गर्दै पाँच अंकको अग्रता समेत बनाएको छ ।

घरेलु मैदान बाय एरिनामा लेभरकुसेनलाई जित दिलाउन खेलको १८ औं मिनेटमा जोसिप स्टानिसिच, ५० औं मिनेटमा एलेक्स ग्रिमाल्डोले र ९०.५ औं मिनेटमा जेरेमी फ्रिम्पोंगले गोल गरे ।

जितसँगै लेभरकुसेन २१ खेलबाट ५५ अंकका साथ शीर्षस्थानमा छ । बायर्न ५० अंकसहित दोस्रो स्थानमा छ ।