• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

आज पहाडमा बदली हुँदा अरु ठाउँमा घाम



काठमाडौं । आज देशका अधिकांश स्थानमा मौसम सामान्यत: सफा रहने भएको छ । पश्चिमी वायुको आंशिक प्रभावले पहाडि भूभागमा भने आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका धेरै स्थानमा भने हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।