९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोलीको सहज जित

मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोलीको सहज जित
अ अ+ अ-

काठमाडौँ । समीर तामाङको दुई गोल प्रेरणमा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो ।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा शनिवार नेपाली युवा टोलीले पाहुना टोलीमाथि सहज जित निकाल्यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव बिष्ट र नीराजन धामीले समान एक गोल थपे । चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए । सञ्जीव बिष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए । ३९औं मिनेटमा समिरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो ।

समीरले नै ५४ औं मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पु¥याए । ६३ औं मिनेटमा छिरिङ लामाले अर्को गोल गरे । त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पु¥याए । ७५ औं मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज अवस्थामा पु¥याए । पाहुना टोलीका पेङकोउले ७८ औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए ।

त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो । चिनियाँ नयाँ वर्षको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा यो मैत्रीपूर्ण फुटबल भएको हो । विजेता टोलीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ र राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्यसचिव टंकालाल घिसिङले ट्रफी प्रदान गर्नुभएको थियो ।