• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो ।

कांग्रेसले फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउन संसदीय दलको बैठक बोलाएको नेताहरु बताउँछन् ।