• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले स्थायी कमिटी बैठक सुरु भएको छ । बुधबार पेरिसडाडाँमा शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुलाई पार्टी परिचयपत्र र नागरिक सहित बोलाएको छ ।

स्थायी कमिटी पछि केन्द्रीय कमिटी बैठक एक बजे शुरु हुँदैछ । संसद् पुनस्थापना पछि पहिलो पटक स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाइएको हो 

एमाले र माओवादी एकता भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको हस्ताक्षर सहित दिइएको पार्टी परिचयपत्र सहित केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो ।

यो समूहले पार्टी वैधानिकताको दावी गर्दै गएको २० माघमा निर्वाचन आयोगमा पत्र बुझाएको छ । तर, आयोगले कुनै निर्णय दिएको छैन ।