५ भाद्र २०८३, शुक्रबार
,
Latest
क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले नेपाललाई दियो २८६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । तीन खेलको एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा क्यानडाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थिती टियु मैदानमा टस जितेर ब्याटिङ थालेको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २८५ रन जोड्यो । क्यानडाका लागि आरोन जोनसोनले अर्धशतकीय इनिङ्स खेले । उनले ६२ बलमा ६५ रन जोडे ।

यस्तै, नवनित धालिवालले ४६, श्रेयस मोभ्वाले ४०, पर्गात सिंहले ३८, निकोलास किर्तोनले २०, दिलप्रीत बजवाले १९ शाहिद अहमदजाईले १३ रन जोड्दा उदय भगवान २० रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका कुशल मल्ल र रोहित पौडेलले २–२ विकेट लिए भने आकाश चन्द, सोमपाल कामी, पवन सर्राफ र सुर्य तामाङले १–१ विकेट लिए ।

नेपालले यो खेल जितेमा सिरिज जित्नेछ । यस्तै, क्यानडाले जितेमा सिरिज १–१ को बराबरी हुनेछ र सोमबार विजेताको टुंगो लाग्नेछ ।

यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपाल सात रनले विजयी भएको थियो ।