९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

एसिसी वुमन्स प्रिमियर कपः नेपालले हङकङलाई आठ विकेटले हरायो

एसिसी वुमन्स प्रिमियर कपः नेपालले हङकङलाई आठ विकेटले हरायो
अ अ+ अ-

काठमाडौँ । एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा केहीबेरअघि सम्पन्न खेलमा नेपालले हङकङलाई आठ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले १४.१ ओभरमा दुई विकेट गुमाएर ३५ बल बाँकी छँदै भेट्टायो ।

नेपालका लागि कप्तान इन्दू बर्माले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ३३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका हानिन् । यस्तै सीता रानामगरले अविजित ३६ रन बनाइन् । उनले ३८ बल खेल्दै एक छक्का र एक चौका प्रहार गरिन् । कविता कुँवरले चार रन जोडिन् । बलिङतर्फ हङकङकी इक्रा सहर र चान का यिङ क्यारीले एक एक विकेट लिइन् ।

मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन् । हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो । हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन् । उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन् । यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन् ।

बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता रानामगरले एक एक विकेट लिइन् । नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहेका छन् ।

जारी प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । उक्त समूहमा हङकङ, भुटान र माल्दिभ्स पनि छन् । एसिसी वुमन्स प्रिमियर कपमा १६ देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा कुवेत, म्यान्मार, सिङ्गापुर र थाइलैण्ड छन् । समूह ‘बी’ मा चीन, जापान, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन् । यस्तै समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, कलेसिया र कतार रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन् । फाइनल खेल्ने दुई टोलीले यसै वर्ष वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोली आगामी वर्ष एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन पाउने छन् ।