• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

संसदीय दलको नेता फेर्ने प्रचण्ड-नेपाल समुहको एजेन्डा केन्द्रीय कमिटीमा



काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने भएको छ।   

बुधबार पेरिसडाडाँमा शुरु भएको बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने एजेन्डा तय गरेको हो। यो एजेन्डालाई अहिले केही बेरमा बस्ने समूहले स्थायी कमिटी बैठकले अनुमोदन गर्ने भएको छ।  

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड-नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चयन गर्ने निर्णय गरेपनि निर्वाचन आयोगले मान्यता दिएको थिएन । 

आयोगले पुस ५ यता भएका पार्टीका निर्णयहरूलाई  मान्यता नदिएपछि प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेताबाट ओलीलाई हटाउने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लग्ने निर्णय गरेको हो। 

केहीबेरपछि नेकपा पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक बस्दैछ।